मेरो विद्यालय
औपचारिक रूपमा शिक्षा हासिल गर्ने स्थललाई विद्यालय भनिन्छ । बालक जन्मेर हुर्की तीन चार वर्षको भएपछि उसलाई भविष्यमा सामाजिक हुनका लागि ज्ञानको आवश्यक पर्छ । यही ज्ञान हासिल गर्नका लागि बनाइएको मन्दिरलाई विद्यालय भनिन्छ । हुन त ज्ञान हासिल गर्ने विद्यालय बाहेक विश्व विद्यालय, क्याम्पस, कलेज, इन्स्टिन्टहरू पनि खोलिएका हुन्छन् तर यहाँ ती स्थलहरू नबुझाई कक्षा नर्सरी ( शिशु कक्षा) देखि कक्षा १२ सम्म अध्ययनका लागि बनाइएको सिकाइ केन्द्रलाई विद्यालय भनेर बुझाउन खोजिएको। छ। विद्यालयलाई पाठशाला, विद्यापिठ, स्कुल, विद्याश्रम आदि नामले पनि चिनिन्छ ।
मैले ज्ञान प्राप्तिका लागि कक्षा शिशुदेखि भर्ना भई पढ्न थालेको विद्यालय कामधेनु माध्यमिक विद्यालय हो । यो विद्यालय काठमाडौं जिल्लाको फपिङस्थित सेतीदेवी गाउँ विकास समितिमा पर्छ । यो विद्यालय वाग्मती नदीको किनारमा रहेको छ यो विद्यालयमा काठमाडौको सेतीदेवी, दक्षिणकाली, शेषनारायण गाउँका अतिरिक्त ललितपुरको वुडमती, डुकुछापका विद्यार्थीहरू पढ्न आउँछन् यो विद्यालयको स्थापना २०३५ सालमा भएको हो । यो विद्यालयको नाम त्यही स्थानमा रहेको कामधेनु मन्दिरको नामबाट नामकरण गरिएको हो। कामधेनु गाईको नाम हो ।
मेरो विद्यालयमा दुई तल्लाको आठ कोठा रहेको दुई ओटा भवन छन् । यसका साथै चार ओटा टुस पनि छ । यी भवन विदेशी दातृ निकाय, नेपाल सरकार शिक्षा मन्त्रालय, जिल्ला विकास समिति काठमाडौं र सेतीदेवी गाउ विकास समितिको सहयोगमा निर्माण गरिएको हो मेरो विद्यालयमा जम्मा २४ सोटा कोठा छन् । यो विद्यालयमा पुस्तकालय एक विज्ञान प्रयोगशाला एक विद्यालयको हल एक कार्यालय कोठा तीन र कक्षाकोठा १८ ओटा छन् । मेरो विद्यालयमा शौचालयका दुई भवन छन् । जसमध्ये पिसावका लागि एक भवन छात्र र छात्राका लागि अलग अलग बनाइएको छ भने १०० ओटा दिसा गर्नका लागि बनाइएको छ
मेरो विद्यालयको कक्षाकोठा सानोदेखि ठुला आकारका छन् । जसमध्ये भवनपट्टिको कक्षाकोठामा ३० जना विद्यार्थीहरू अदन सक्छन् भने ट्रसमा ५० जना विद्यार्थीहरू अट्न सक्छन् । यस विद्यालयमा डेस्क बेन्चको पर्याप्त सुविधा छ । प्रत्येक कक्षाकोठाको सामुन्ने कक्षाको पाटी छ । कक्षाकोठालाई धुलो रहित बनाउन प्रत्येक कक्षामा धुलो रहित मार्कर प्रयोग गरिन्छ त्यो पाटी हरियो रङको छ । त्यही पाटीको दायाँवायाँ शिक्षण सामग्री टागिएको छ विद्यार्थीले बनाएका सामग्रीलाई भने कक्षाकोठाको पद्धति पट्टि बोर्डमा टास्न मिल्ने गरी राख्ने व्यवस्था मिलाइएको छ ।
मेरो विद्यालयमा जम्मा ५५० विद्यार्थी छन् ती विद्यार्थीहरू एउटै सम्प्रदाय वा जातका नभई तामाङ, नेवार, ब्राह्मण, छेत्री, दनुवार आदि सम्प्रदायका छन् त्यसैले कक्षाकोठामा बसेर हामीले किताबी ज्ञान मात्र हाँसिल गरिरहेका हुँदैनौं, विभिन्न जातजातिका संस्कृति, भाषा, आचरण, बानी बेहोरा आदि पनि सिकिरहेका हुन्छौं यसरी मेरो विद्यालय एउटा खुला ज्ञानको पाठशालाको रूपमा रहेको छ ।
मेरो विद्यालयमा जम्मा २५ जना शिक्षक र पाँच जना कर्मचारीहरू कार्यरत छन् सबैले आआफ्नो काम जाँगरका साथ गरिरहेका हुन्छन् । मेरो विद्यालयमा काम गर्ने शिक्षक तथा कर्मचारी दुवैको उद्देश्य विद्यार्थीको शैक्षिक गुणस्तर बढाउनमा केन्द्रित रहेको छ। मेरी विद्यालयमा प्राय शिक्षकले प्रवचन विधिबाट कक्षा लिए पनि कतिपयले श्रव्यदृश्य लगायत कम्प्युटर तथा प्रोजेक्टरको सहायताले कक्षा लिनु हुन्छ त्यसैले कक्षामा शिक्षक प्रवेश गरेपछि हामी विद्यार्थीलाई नयाँ उत्साहको सञ्चरण हुन्छ
मेरो विद्यालयको प्राङ्गणमा भलिबल खेल्ने चौर छ त्यही चौरमा हाम्रो विहानको प्रार्थना हुन्छ प्रार्थनामा हामी प्रत्येक दिन केही सिकेर जाने र अनुशासित बन्ने प्रण गछौं विद्यालयको प्राङ्गण अगाडि कटुस, कपुर र लप्सीका रुखहरू छन् र तिनै रूखका छेउमा निलकाँडाका बार लगाइएको छ । त्यो बारको अगाडि फुटबल खेल्ने चौर छ मेरो विद्यालयमा वर्षको एक हप्ता खेलकुद सप्ताह मनाइन्छ । त्यस सप्ताहमा स्कुल भव्य सजाइएको हुन्छ यसको साथै मेरो विद्यालयमा हरेक शुक्रबार अतिरिक्त क्रियाकलाप गरिन्छ वर्ष दिन हुने त्यस्ता क्रियाकलापमा प्रत्येक विद्यार्थीले कुनै न कुनै विधामा भाग लिनै पर्ने व्यवस्था विद्यालयले गरेको छ ।
मेरो विद्यालयमा मोती जयन्ती, भानु जयन्ती, लक्ष्मी प्रसाद देवकोटा जयन्ती भव्य रूपमा मनाइन्छ । सो दिन नेपालका कवि तथा कवयत्रीहरूको उपस्थितिमा साहित्यिक कार्यक्रम सञ्चालन गरिन्छ । यसका साथै शिक्षा दिवसमा वादविवाद र वक्तृत्वकला, वातावरण दिवसमा सरसफाइ कार्यक्रम गरिन्छ । यसरी सरसफाइ कार्यक्रम गर्दा हामी विद्यालयभन्दा बाहिर धार्मिक स्थलहरूमा गएर पनि विद्यालयको अभियान सफल पाछौं । यसरी विद्यालयले विभिन्न कार्यक्रममा संलग्न गराउँदा एकातिर हामीले नयाँ कुरा सिक्ने मौका पाएका छौं भने अर्कोतिर श्रमप्रति सकारात्मक धारणाको विकास भई श्रमिक तथा किसानको सम्मान गर्नुपर्ने बानीको पनि विकास भएको छ।
मेरो विद्यालय मेरो बानी निर्माणको स्थान हो । यहाँ सिकेका हरेक कुरा मेरो व्यावहारिक जीवनमा प्रयोग हुन्छ । मलाई लाग्छ, किताबी ज्ञानले मात्र समाजमा परिवर्तन ल्याउन सकिन्न । यसका लागि सामाजिक काममा पनि विद्यार्थी संलग्न हुन पर्दछ । यही परिवेशको सृजना मेरो विद्यालयले गरेको छ । त्यसैले मलाई मेरो विद्यालय सबैभन्दा राम्रो लाग्छ ।
0 Comments