मेरो रमाइलो यात्रा
एकै ठाउंमा बसेर यन्त्रले जस्तै सधैं एउटै काममा लागिरहँदा मानिसको शरीरसँगै मस्तिष्क पनि भाक्छ । त्यतिबेला मानिसले आफ्नो जीवनलाई निरसिलो ठान्छ । त्यसैले यस स्थिति मनमा आउन नदिन र शरीरलाई सधैं सक्रिय बनाइ राख्न मानिसलाई केही आराम र मनोरञ्जनको खांचो पर्छ । यसका लागि कोही मानिस नाचघरमा नाटक हेर्न, कोही सिनेमा हेर्न, कोही रेस्टुरेन्टमा रमाइलो गर्न जान्छन् । त्यसै गरी गत हप्ता जब मैले कक्षा आठको वार्षिक परीक्षा दिए तब मेरो दिमागले पूर्ण थकाइको अनुभव गन्यो । परीक्षाको तनावले शरीरमा सिर्जनात्मक क्षमता नै द्वास भयो। मैले महसुस गरेको पीडा मैले आफ्नो परिवारमा राखें । मेरो कुरा सुनेर बुबाले मेरो भाकल पनि छ भन्दै शनिवारको दिन पलाञ्चोक भगवती जाने निर्णय गर्नु भयो । हाम्रो सब परिवार पलाञ्चोक भगवती जाने कुराले छिमेकी घरका काकाहरू पनि सपरिवार हामीसंगै जान तयारी गर्न थाले ।
शनिवार विहान आठ बजे बुबा, आमा बहिनी र में घरवाट पलाञ्चोक भगवती जानका लागि निस्कियौँ काकाहरू पनि पूजा सामग्रीहरूका साथ निस्कनु भयो । हामीले बसलाई बल्खु चोकमा बोलाएका थियौं । त्यसैले हामी त्यहाँसम्म हिंडेर गयौं । बस आइसकेको रहेछ हामी बसमा चढ्यौं । बसमा हामीले मानिस गन्दा त ३० जना पुगिसकेका रहेछौं मलाई त विद्यालयबाट पिकनिक जान लागेको अनुभव भयो बस बल्खुबाट कोटेश्वर नपुगुन्जेल जाममा परिरह्यो । कोटेश्वरबाट बसले भक्तपुरको बाटो लिएपछि त छ लेनको सडक देखियो । चिल्लो र खुला सडकमा यस त हावाको गतिलाई पनि उछिनेर कुद्यो । हामीले बसको गुरुजीलाई हत्तार गरेर गाडी चलाउन भन्यौ गुरुजीले मुसुक्क हाँसी लौ ठिकै छ भनी विस्तारै गाडी चलाउन थाले । गाडीमा मिठो लोक दोहोरी बजिरहेको थियो । बस एकोहोरो गुड्दै जादा सूर्य विनायक आइपुग्यो । हामी सबैले बाहिर हेरिरहेका थियौ । त्यसै समयमा यसमा सिम्पल सिम्पल कान्छीको भन्ने गीत बज्न थाल्यो । बुबाले त्यो गीत बन्द गर्न लगाई हामीलाई अन्ताक्षरी खेल्न उक्साउनु भयो हामी पुरुष र महिला दुई समूहमा बाँडियों। त्यतिबेला यस सांगा भन्ज्याङ पुग्न जॉटेको थियो त्यसैवेला नयाँ कुरा हेर्न र खोज्न खोज्ने मेरो आँखा पारिपट्टिको पहाडको थुम्कामा ठोक्किन पुग्यो त्यहाँ मैले भव्य ठुलो शिवको मूर्ति देखें र बुबालाई देखाए बुबाले गाडी केहीबेरका लागि रोक्न लगाउनु भयो । गाडी रोकिए पछि हामी भन्यौ । हामी सबैले मानिसको अनुहारमा सजिएको कलात्मक शिवलाई देख्यो त्यतिबेला गुरुजीले भन्नु भयो 1 यो नेपालको सबभन्दा ठुलो शिवको मूर्ति हो । हामीलाई बस चलाउने गुरुले त्यसरी सामान्य ज्ञानको कुरा गर्दा म खुसी भए। आखिर हो रहेछ मानिसले पढेर मात्र होइन, हेरेर र डुलेर पनि ज्ञान हासिल गर्न सक्दो रहेछ त्यसै गरी हामीले पनि बसको यात्रामा एउटा नयाँ कुरा सिक्यो |
हामी लगभग बिस मिनेट त्यहाँ अलमलियो र यस चढ्यौ यसमा अन्ताक्षरी ब जम्यो मैले मेरो बुबा र आमाले गीत गाएको कहिले सुनेको थिइन । आज बसमा गीत गाउनु भयो। मलाई भित्रभित्रै खुसी लाग्यो किनकि म परीक्षाबाट दिक्क भएकै आमा घर व्यवहारबाट र बुबा कार्यालयको कामबाट दिक्क भएका रहेछन् । त्यसैले त आज रा पखेटा फिजाएर स्वच्छन्द भई दुवै परेवापरेवीले गीत गाउदै छन् गुरुजीले ब्रेक लगाएर गाडी रोक्नु भयो हामी त पहिले झसङ्ग भयो के भयो भनेर ? पछि गुरुजीले भने सौ मन्दिर त आइपुग्यो के अझ गीत गाइरहने ? हामी त पत्तै नपाई पलान्चोक भगवती पुगिसकेछौं वास्तवमा हो रहेछ मानिसले सुख र आनन्द लिन पायो भने समय गएको पत्तो पाउदैन रहेछ ।
शनिवारको दिन भएकोले मन्दिरमा भिड थियो । त्यस मन्दिरमा त प्राय काठमाडौंबाट जाने भक्तजनहरू नै देखियो मेरो इच्छा मन्दिर दर्शनमा मात्र केन्द्रित थिएन । त्यसैले मैले वरिपरि हेर्न थालें । त्यहांको एउटा फलेक्समा लेखिएको रहेछ यो मन्दिर साठीघर गा.वि.स मा पर्दछ। यो मन्दिरको उचाइ तीन फिट रहेको छ। पलाञ्चोक भगवतीको १८ हात रहेको छ । काठमाडौंको शोभाभगवती, नक्साल भगवती, नालाको भगवती र पलाञ्चोक भगवती एउटै कलाकारबाट बनाएको रहेछ यी चार भगवतीमध्ये पलाञ्चोक भगवती सबैभन्दा जेठी भगवती हो। अठार हात भएकी पलाञ्चोक भगवती देवी दुर्गाको मूर्ति भए पनि यसमा रौद्र र हिंसाको रूप देखिन्न । यो मन्दिर राजा मानदेवको पालामा स्थापना गरिएको रहेछ किंवदन्ती अनुसार बुबाकोटका बासिन्दालाई भगवतीने राति सपनामा आफूलाई बोकेर उत्तर दिशातर्फ लैजान भनेको र मूर्ति बोकी यहाँ आइपुग्दा बास परेको थियो । त्यहाँ बास बसी भोलिपल्ट उठेर मूर्ति उचाल्न खोज्दा बोक्न नसकी यो मूर्तिलाई त्यहीँ स्थापना गरिएको रहेछ । अहिले यो जिल्लाको नाम पनि यही देवीको नामबाट राखिएको रहेछ। यति कुराको जानकारी लिएपछि मन्दिरमा अनि भिड कम भएकाले मैले पनि भगवतीको दर्शन गरे र भगवानसँग नेताहरूले देशको शान्तिको कामना गरे ।
पलाञ्चोक भगवतीको मन्दिर पहाडको थुम्कामा थियो । त्यसैले त्यहाबाट हामीले बेसीका फांटहरू अवलोकन गर्यो अनि खाना खाई घरतिर फर्कियौं । फर्कदाखेरि हामीले मोटर बाटो हेन्सी एकदम साँघुरो सडक रहेछ। तीन ठाउंमा त गाडी पछाडि हटाएर मात्र अगाडि बढ्यो । एउटा मोडमा त म जोडले चिच्याएर कराएछु । बस पहाडी भूभाग सकी आएपछि बल्ल मैले लामो सास फेरें । मलाई लाग्यो वास्तवमा नेपाली गुरुजीहरू धन्य छन् । यस्ता पहाडमा पनि गाडी सुरक्षित चलाउँछन् । त्यसपछि पुनः यसमा अन्ताक्षरी गाउँदै रमाइलो गरी हामी घर फर्कियौं ।
मैले जीवनमा गरेका यात्राहरूमध्ये यो पलाञ्चोक भगवतीको यात्राको याद अक पनि मेरो मस्तिष्कमा सुरक्षित छ। यो यात्रामा मैले वाटोको रमाइलो पनि लिए । नेपालको पहाडी बाटोको अनुभव पनि प्राप्त भयो । साथै पलाञ्चोक भगवतीको दर्शन गरियो र मन्दिरको बारेमा पनि केही जानकारी लिइयो । त्यो जानकारी मेरा मस्तिष्कमा अझ पनि ताजै छ र सधैं रहिरहनेछ |
0 Comments