लुम्बिनी
सगरमाथाको देश, नदीनालाको देश र पशुपतिनाथको देश अनि प्राकृतिक रमणीयताको देश भनेर विश्वविख्यात बनेको नेपाल गौतम बुद्धको देश भनेर पनि उत्तिकै प्रख्यात रहेको छ। संसारभरिकै करोडौँ बौद्ध धर्मावलम्बीहरूले धर्मप्राण ठानीनआएका महामानव एवम् शान्तिदूत गौतम बुद्ध विभूतिलाई जन्माउने पवित्र माटो, पुनीत स्थलकै नाम “लुम्बिनी” हो र यो लुम्बिनी नेपालको गौरवलाई विश्वभरि फिँजाउने पवन भूमि हो। नेपाल र नेपालीहरूको शान्तिप्रियताको बखान विश्वव्यापी रूपमा गर्दै यस कोलाहल र पारमाणविक सन्त्रासको उकुसमुकुसमा निसासिएका तमाम विश्व जनसमुदायलाई यस भूमिले राहतको सास फेराएको छ। “लुम्बिनी” नेपाली धर्तीका लागि एक अनुपम वरदान पनि हो र यस भूमिले नेपाल केवल वीर बहादुरहरू जन्माउने देश मात्रै होइन; विश्व प्रसिद्ध शान्तिकामी महान् पुरुषहरूका लागि समेत यो अत्यन्त उर्वर भूमि हो भन्ने कुरो पुष्टि गरेको छ। “लुम्बिनी” आम नेपालीहरूका हृदयको धुकधुकी हो, मुटुको टुक्रा हो र कलेजको माझ हो अथवा भनौं यो समस्त बौद्ध धर्मावलम्बीहरुका धार्मिक राजधानी हो।
नेपालको हालको ५ न: प्रदेश अन्तर्गत पर्ने लुम्बिनी नामको जंगल छ। त्यस जंगलको एउटा रुखमन्तिर धेरै-धेरै वर्ष पहिले महारानी मायादेवीले आफ्नो कोखबाट सिद्धार्थ गौतम नामक बालक जन्माएकी थिइन। सिद्धार्थ गौतम तत्कालीन कपिलवस्तुका शाक्यवंशी राजा सुधोदन र मायादेवीका सुपुत्र थिए। सुधोदनको राजधानी कपिलवस्तु थियो भने मायादेवीको माइतीचाँहि हालको रूपन्देही जिल्ला अन्तर्गतको “देवदह” भन्ने गाउ थिइन्: उनलाई त्यही सालधारीमा पुग्दा प्रसवपीडा भयो र त्यही नै उनले नवजात शिशुलाई जन्माइन्। जन्मने शिशु ‘सिद्धार्थ गौतम’ थिए, जन्माउने आमा ‘मायादेवी’ थिइन् र जन्मिएको ठाउँ थियो ‘लुम्बिनी’। तिनै राजकुमार सिद्धार्थ गौतममा दरबारको सुखसयल र भोगविलासमा बाल्यकाल र युवावस्था बिताउँदा-बिताउँदै एकाएक वैराग्य जागेर आयो। उनी आफ्नी पत्नी यशोधरा र पुत्र राहुललाई छाडेर, राजपाटको सुखसयललाई तिलाञ्जली दिई उनन्तिस वर्षको उमेरमा घरबाट निस्के। उनले लामो समयसम्मको साधना र तपस्या पश्चात बोध गयामा गएर बुद्धत्व प्राप्त गरे अनि सिद्धार्थ गौतम “गौतम बुद्ध” बने। उनलाई महात्मा बुद्ध भनियो र बुद्धधर्मका प्रतिपादक पनि मानियो। जरामरणको बन्धनबाट मुक्त हुँदै इ।पू। ५०० अघि महापरिनिर्वाण प्राप्त गर्ने गौतम बुद्ध जस्ता विशिष्ट विभूतिलाई जन्माएकी हुनाले लुम्बिनी आज पनि नेपालका गौरवमय स्थानहरूमध्ये एक बनेको छ।
बुद्ध धर्मावलम्बी विख्यात भारतीय सम्राट आशोकले इ।पू। २५० मा ‘लुम्बिनी’ मा आएर विशाल स्तम्भ बनाएका थिए जलाई अशोक स्तम्भ भनिन्छ। आफ्नो धर्मका अधिष्ठाता महामानव महात्मा बुद्धको जन्मस्थल हेर्ने तीव्र उत्कण्ठा बोकेर आएका अशोकले बनाएका स्तम्भमा लेखिएको छ- “आफू राजा भएको बखतमा देवाना प्रिय प्रियदर्शी राजा अशोक यहाँ पूजा गर्न भनी आए......... ।” कालान्तरमा उक्त शिलालेख भूकम्पबाट भत्कियो र माटामुनि पुरियो। समयको चक्रसँग हराउँदै गएको यस स्तम्भलाई वि.स्. १९५२ मा डा. फुहररको प्रयासबाट उत्खनन गरी बाहिर निकालियो। आज उक्त स्तम्भ मात्र होइन त्यस क्षेत्रको विकासका लागि ‘लुम्बिनी’ क्षेत्रको विकासका लागि आर्थिक सहयोग जुटाइरहेकै छन् र लुम्बिनीको सालधारीलाई एक स्वर्गीय बगैँचामा रूपान्तरित गइरहेको छन्।
लुम्बिनीको योजनाबद्ध विकासका लागि हाल सरकारी स्तरबाट गुरुयोजना नै सञ्चालन गरिएको छ। आज लुम्बिनीमा आशोकद्वारा स्थापित मात्र होइन। नयाँ-नयाँ धर्मशाला र भावनाहरूसमेत बनाइएका छन्। सन्. २०१२ मा अशोक स्तम्भकै भग्नावशेषहरूलाई खनेर निकाली सुरक्षित पनि पारिएको छ। सिद्धार्थ गौतम ‘लुम्बिनी विकास कोष’ नामक संस्थाले यसको विकासका लागी राष्ट्रिय-अन्तरराष्ट्रिय सिङ्गपुरजस्ता मुलुकहरूले बुद्धको यस पवन जन्मभूमिको चौतर्फी विकासका लागि हृदय खोलेर सहयोगका हात बढाएका छ।
लुम्बिनी विश्वशान्तिको अजस्र स्रोत हो। युद्ध र क्रान्तिले क्षतविक्षत बनेको वर्तमान घाइते युगका लागि लुम्बिनी शान्तिको मलहम बन्न सक्छ। युद्धोन्मादको भूत सबार भएका मन-मस्तिष्कको उपचारका लागि लुम्बिनी उपचारको केन्द्र बन्न सक्छ। लुम्बिनीबाट शान्तिको शङ्खनाद गुज्जाउँदै शान्तिप्रिय नेपालीहरूले विश्वलाई शान्ति चेतनाको सुस्वादु पाठ पढाउन सक्छन्। लुम्बिनी नेपालको माटाभित्र छ तर लुम्बिनी विश्वभरिकै बुद्धधर्मावलम्बीहरूका मुटुभित्र पनि छ। अत: लुम्बिनीको जंगलबाट विश्वभरि शान्ति, सद्भावना, अहिंसा, सत्य र दयाको मंगलगान गर्दै विश्वलाई नै विनाशको बाटाबाट फर्काएर विकासको राजपथमा हिडाउने नेपालीहरूले त्याग र सम्पूर्णसाथ अघि बढ्न वाञ्छनीय देखिन्छ। त्यसो भएमा विश्वशान्तिको अक्षय स्रोतले युद्धका मरुभूमिहरूलाई भिजाइ दिनेछ, शीतलता प्रदान गर्नेछ।
लुम्बिनी आज असंख्य तीर्थालुहरू र पर्यटकहरू देशदेशावरबाट आउँछन्। भैरव, सिद्धार्थनगरबाट स्थानीय यातायात सुविधा भएको त्यस ठाउँमा पुग्नका लागी देशका कुना-कुनाबाट आउने तिर्थालुहरूका अतिरिक्त अन्तरराष्ट्रिय क्षेत्रबाट आउने पर्यटकहरूले लुम्बिनीको गरिमालाई झनै महिमामय बनाइदिएका छन्। ‘लुम्बिनी’ एक धार्मिक स्थलमात्र नभएर पर्यटकीय स्थलका रूपमा समेत विकसित भइरहेको छ। अतिरिक्त पर्यटकका निम्ति आउने देशभित्रका पर्यटकहरू र बाह्य पर्यटकका रूपमा आउने विदेशका पर्यटकहरूले गर्दा यहाँका जनताको आर्थिक अवस्था सुसमृद्ध हुनका साथै राष्ट्रिय अर्थतन्त्रमा समेत अनुकूल असर परेकै छ। पर्यटक उधोग नै अर्थतन्त्रको मेरुदण्ड रहेका हाम्रा मूलकको अर्थतन्त्रलाई मजबुत पार्नमा पनि ‘लुम्बिनी’ ले खेलेको भूमिका प्रशंसनीय नै छ।
लुम्बिनीका सम्बन्धमा विवाद उठाउने तत्त्व पनि सक्रिय रहेका छन्। बुद्धको जन्म स्थल लुम्बिनीलाई विवादमा पार्ने र गौतम बुद्धको जन्म स्थल भएको कस लुम्बिनीलाई ओझेलमा पार्ने तत्त्वको सपनालाई चकनाचूर पार्नु सम्बन्धित सबै पक्षको दायित्व रहेको छ। ‘लुम्बिनी’ र ‘कपिलवस्तु’ क नया नक्कली रूप विकसित गरिएको चर्चा पनि सुन्न पाइन्छ। त्यतिमात्र होइन। बौद्धमन्दिर निर्मार्णर्थ लुम्बिनीमा आएका भिक्षु नावातामेको बीभत्स हत्याले पनि शान्तिको भूमिलाई रत्ताम्य परेर विवादयुक्त बनाउने खोज्ने कुतत्त्वको जालोलाई पन्छाउनु पनि आज उतिकै आवश्यक रहेको छ।
‘लुम्बिनी’ नेपालको मुटु ह, नेपालीहरूको धड्कन हो। ‘लुम्बिनी’ विश्वभरिका बौद्ध धर्मावलम्बीहरुका ह्रदयको टुक्रा हो, धार्मिक राजधानी हो। आज पनि सगरमाथाको नाम लिनासाथ नेपालीहरूमा जसरी गौरव बोध हुन्छ लुम्बिनीको नाम लिनासाथ उक्त गौरवको उचाइमा नयाँ तला थपिन्छ। लुम्बिनी विश्व सम्पदासुचीमा समेत समावेश भइसकेको छ। त्यसैले त् यसको महिमागान गर्दै माधव घिमिरे लेख्छन्-
बुद्धले यहीँ पाएथे ज्ञानको पैलो मुहान
शिवाले यहीँ ल्याएथे सृष्टिको पैलो बिहान ।
0 Comments